एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।
शनिबार दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरण लगायतका एजेण्डामाथि छलफल हुने जनाइएको छ ।
पार्टी एकताको विषयलाई पनि टुंगोमा पुर्याउन छलफल गर्ने तयारीसमेत गरिएको छ ।
