के सहमति गरिन् कोमल वलीले ?

तु खबर संवाददाता
२०७४ कार्तिक २४, शुक्रबार ०८:४१
तस्बिर–कोमल वलीको फेसबुक पेज र ट्विटरबाट

काठमाडौँ, २४ कात्तिक । कलाकारिताबाट राजनीतिमा होमिएकी अभिनेत्री कोमल वलीलाई अन्तिम समयमा आएर एमालले धोका दिएको छ । आगामी मंसीर १० र २१ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मिले प्रत्यक्ष र नमिले समानुपातिकमा सुचिमा समेट्ने बचन सहित वलीलाई एमालेले राप्रपाबाट आफ्नो पार्टीमा भित्र्याएको थियो । एमाले नेतृत्वसँग पटक पटकको वार्ता पछि मात्र राप्रपा छोडेकी कोमललाई चुनावी मैदानमा होमी सकेको अवस्थामा एमालेले धोका दिएको हो । एमालेले आफुलाई समानुपातिकको समेत फर्म भर्न लगाएर धोका दिएको उनले बताएकी छिन् । टिकट नदिएपछि कोमल वली एमाले नेतृतवसँग असन्तुष्ट छिन् । उनले एमाले नेतृत्वले पहिला सहमति गरेपनि अहिले गम्भीर धोका दिएको बताइन् । उता एमाले नेतृत्वले भने कोमको विषयमा आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छ । यस विषयमा उल्टै वलीसँग भित्री सहमती गरे पनि बाहिर भने केही थाहा नपाए जस्तो एमालेले गरेको छ ।
धोकाको बिषयमा वली बोलिन् :
‘‘एमालेले मलाई अहिले धोका दियो । मानिसले कि त वाचा गर्नु हँुदैन । गरेपछि पुरा गर्नुपर्छ भन्ने मेरो धारणा हो । एमाले नेतृत्व केपी ओलीजीले मलाई हिजोका दिनमा जे वाचा गरेका थिए, त्यो पुरा गर्नुभएन । वाचा गरेपछि, बचन दिएपछि पुरा गर्नुपर्छ । आफ्नो वचनको लाज राख्न सक्नुपर्छ । यदी मलाई एमाले नेतृत्वले हेरौँला, भविष्यामा विचार गराँैला भनेको भए, मैले अरु नै तरिकाले सोच्थेँ होला । शुरुमा मेरो उमेदवारी हुने चाहाना थिएन । किनभने मेरो धेरै मिडियामा समाचार पनि आइरहेकै हुन्छ । मैले केटाको विषयमा स्टाटस लेखेँ, बोलेँ भने त्यहीँ समाचारका हेडलाईन बनेको हुन्छ । अहिलेका पार्टीका सभासद्को भन्दा धेरै मेरो समाचार आउँछ । म सबै कुरा छोडेर, जागिर छाडेर गायनको निरन्तरतालाई ब्रेक लगाउँदै राजनीतिमा होमिएकी हुँ । राप्रपामा पनि केन्द्रीय सदस्य जितेकै थिएँ । सबैले चिन्थे । कतिपय ठाउँमा जाँदा मञ्च पाएकै थिएँ । भाषण ठोकेकै थिएँ । अरुलाई गाली गर्न पाएकै थिएँ ।’’

तस्बिर–कोमल वलीको फेसबुक पेज र ट्विटरबाट

किन रोजिन् वलीले एमाले :
एमाले अघिल्लो पटक अभिनेता भुवन केसीलाई धोका दिएको थाहा थियो वलीलाई । तर पनि एउटा जनाधार भएको पार्टी, अरु पार्टीहरुको तुलनामा यो उत्तम छ भन्ने उनको बुझाइ थियो । एमालेमा आउँदा पनि उनले नेतृत्व केपी ओलीसँग भनेकी थिइन् ‘म प्रत्यक्ष राजनीतिमा आएकी छु । जनाधार भएको एकमात्र पार्टी एमाले हो जस्तो मलाई लाग्छ । काँग्रेसमा भित्र आफैमा बितन्डा मच्चिएको छ । यस कारणले तपाइको नेतृत्व भएको पार्टीमा बोलाउनु भयो । ठिक छ आउँछु । मेरो पनि सर्त छ । मलाई पनि पोजिसन चाहियो । सेवा गर्न चाहन्छु ।’ यति मात्र हैन उनले उहाँसँग, ‘अहिलै नै चाहिन्छ भनेको छैन । तर, प्रतिनिधीसभाको चुनाव हँुदा प्रत्यक्षमा उठ्ने मेरो रहर छ । दिनुहुन्छ भने प्रत्यक्षमा उठ्छु । मिलेन, कागताली परेन, कार्यकर्ताले मानेनन् भने समानुपातिकमा दिनुपर्छ ।’ उनको सर्तमा ओलीले मानेका थिए ।
के भनेका थिए केपीले :
म बोलेपछि पुर्याउँछु । यस भन्दा पहिले भुवनलाई कसले आश्वासन दिए । त्यो उनीहरुले नै जानुन् । भुवनलाई तिमीसँग तुलना नगर । तिमी कहाँको राष्ट्रवादी, मलिन स्वभावकी, तिम्रो स्टान्डर कस्तो छ । कोमल ओलीलाई मानिसले कसरी हेर्छन् । मैले बुझेको छु नि ।’

तस्बिर–कोमल वलीको फेसबुक पेज र ट्विटरबाट

चुनावको लागि कोमलको तयारी :
जब एमालेले वलीलाई तिमी प्रत्यक्ष पनि लड्नु पर्ने हुनसक्छ तयारी गर भन्यो । तव वली समानुपातिक र प्रत्यक्ष दुबै तर्फको फर्म भरेर आफ्नो गृह जिल्ला दाङ पुगिन् । दाङको क्षेत्र नम्बर ३ का काँग्रेस उम्मेदवार दीपक गिरीसँग लड्न सबै डराएकाले एमालेले उनलाई अघि सार्ने तयारी गरेको थियो । त्यही भएर उनी आफ्नो गाउँ–गाउँ पुगेर दिदी बहिनी भेट्दै, आफन्त भेट्दै समस्या सोध्ने, सल्लाह लिने गर्दै भोट मागी रहेकी थिइन् ।
यसरी थाहा भयो धोका :
उम्मेदवारी दिने अन्तिम दिन । साँझ ४ बजे उनलाई एक पत्रकारले फोन गरेर तपाईंको प्रत्यक्ष र समानुपातिक दुबैमा नाम छैन भनिदिए । सो सुनेपछि उनले तत्कालै एमाले नेता शंकर पोखरेललाई फोन गरिन् । फोन उठेन । धेरै पटक गरेपछि उनले फोन उठाए । ‘कोमलजी मैले सकिनँ, अब तपाईले आफुले के गर्नुपर्ने हो, सोच्नुस्’ पोखरेलले भनेका थिए । तव कोमले थाहा पाइन् आफुलाई धोका भयो भन्ने ।
चुनावमा लड्ने ईच्छा
वलीको चुनाव लड्ने इच्छा राप्रपामा हँुदैको थियो । राप्रपा प्रवेग गरेको केही समय पछि उनले दाङको क्षेत्र नम्बर ३ बाट संघिय चुनाब लड्ने इच्छा ब्यक्त गरेकी थिइन् । सामाजिक सञ्जालमा उनले आफुले दाङको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने मनसाय बनाएको सार्वजनिक समेत गरेकी थिइन् । आफ्नो मनसाय सार्वजनिक गर्दै शुभचिन्तकसँग चुनाव लड्ने आफ्नो बिचार सहि हो वा गलत सुझाउन उनले आग्रह पनि गरेकी थिइन् । रेडियो नेपालको जागिर छोडेर कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाल प्रवेश गरेकी वली राप्रपाको एकिकरण महाधिवेशनबाट धेरै मत ल्याएर पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

तस्बिर–कोमल वलीको फेसबुक पेज र ट्विटरबाट

टिकट नपाएपछि के गरिन् ?
एमालले टिकट नदिएपछि नेतृत्वसँग असन्तुष्टी जनाउँदै कोमलले दाङ क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनले त्यसरी उम्मेदवारी दिएपछि एमाले पार्टी भित्र एक किसिमको हल्लाखल्ला मच्चिएको थियो । त्यसपछि एमाले नेतृत्वले उनलाई बोलाएर एक किसिमको सहमती गरे । सहमती लगत्तै वलीले उम्मेदवारी फिर्ता लिइन् । वाम गठबन्धनलाई सघाउने भन्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । उम्मेदवारी फिर्ता अगाडि उनले एमालेसँग के सहमती गरिन् त्यो भने अहिले गोप्य राखेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*