अर्घाखाँची जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १४:२५

अर्घाखाँची । कोरोना संक्रमणको जोखिम उच्च भएसंगै अर्घाैखाँची जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि साउन १६ गते राति १२ बजेदेखि लागू हुनेगरी पूर्ण रुपमा निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

निषेधात्राको समयमा अत्यावश्यकबाहेक यातायात, बैंक तथा वित्तीय संस्थालगायत सबै क्षेत्र पूर्ण रुपमा बन्द हुनेछन्।

अत्यावश्यक पसल विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको छ ।

जिल्लामा हाल पाँच सय १९ जना सक्रिय संक्रमित रहेका छन्।