बैंकिङ कसुरमा मुद्दामा फरार खड्का पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण १४, बिहीबार १७:१४
सांकेतिक तस्बिर

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का रहेका छन् ।

बैंकिङ्ग कसुर मुद्दामा ४६ वर्षीय खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

खड्कालाई उच्च अदालत पाटनले कसूरदार ठहर गरेको थियो । आफ्नो खातामा पुरा रकम नभएको जानी–जानी खड्काले एनआईसी एसिया बैंकको चेक लेखेर दिएका थिए । सो मुद्दामा उच्च अदालत पाटनले २०७८ वैशाख १४ मा जेल सजाय र जरिवाना हुने फैसला गरेको थियो ।

हात्तीगौडाबाट पक्राउ गरेरका खड्कालाई ब्यूरोले अदालतमा उपस्थित गराएको जनाएको छ ।