लागूऔषध गाँजासहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण १३, बुधबार १७:४२

बारा । बारा प्रहरीले अबैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नम्वर १२ रामथली टोल बस्ने ६२ वर्षीय शेर बहादुर जिम्बा रहेको जिल्ला प्रहरी कार्यालय बारारले जनाएको छ ।

निजगढ–११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलमा गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिम्बाले पिठ्यूँमा बोकेको कालो रंगको झोलाभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताए ।

पक्राउ परेका जिम्बामाथि बारा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मिश्रले बताए ।