बालुवाटारमा माधव नेपालसहित सत्ता गठबन्धनको बैठक
मकवानपुर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयक्तु बैठक जारी छ ।
बैठकमा नेकपा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व रहेको छ ।
बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको जनाइएको छ ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् ।
त्यस्तै माधव नेपाल समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी रहेको स्रोतले बताएको छ ।
जसपाको विवाद समाधान भइसकेकोले मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई थप सहज भएको छ । निर्वाचन आयोगले गत सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसंगै सरकार विस्तारमा थप सहजता देखिएको हो ।
