कांग्रेसमा ४ लाख बढी नयाँ क्रियाशील सदस्य थपिए
काठमाडौंं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा ४ लाख ९ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् ।
क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६ सय ७८ जनाले नवीकरण गरेका छन् । १३औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य रहेका थिए ।
कांग्रेसले यसपटक क्रियाशील सदस्यको संख्या शतप्रतिशत बढाएको छ । प्रतिवेदनअनुसार देशभरका कुल क्रियाशील सदस्यमध्ये ६ लाख ५३ हजार ४ सय ३८ पुरुष र १ लाख ९९ हजार ९७ जना महिला रहेका छन् ।विदेशमा रहेका क्रियाशील सदस्य संख्या भने १ सय ७६ रहेका छन् । यो समाचार नेपाल समाचारपत्रमा समाचार छ ।
