प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने मन्त्रिपरिषदको निर्णय

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार १८:०७

काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।​

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई आगामी साउन २५ देखि लागु हुने गरी कामु भई प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकराी दिए ।

​प्रधानसेनापति पूर्णचन्द्र थापा साउन २४ देखि बिदामा बस्दैछन् । अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार उनी बिदामा बस्न लागेका हुन् । उनले आगामी भदौं २५ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् ।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए ।