एकैदिन ३८९९ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार १६:४३
filr-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ५ सय १८ जनाको परीक्षण पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट २ हजार ७ सय २६ जना र एन्टीजेन परीक्षणबाट १ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर हालसम्म पीसीआर विधिबाट ६ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये हाल ६ लाख ४७ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ दशमलव ५ प्रतिशत एवम् ९ हजार ७ सय ५८ जनाको मृत्यु भइसकेको छ ।