शेरचनलाई गण्डकी प्रदेश प्रमुख नियुक्तीको लागि सिफारिस गर्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अमिक शेरचनलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्ती गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार आकस्मिक बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो ।
शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
ओली नेतृत्वको सरकार हटेर बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेको छ ।
