जसपा विवादसम्बन्धी निर्वाचन आयोगको १९ पन्ने फैसला (पूर्णपाठसहित)

तु खबर संवाददाता
२०७८ श्रावण ११, सोमबार १८:२४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिकता निर्वाचन आयोगबाट उपेन्द्र यादव पक्षले पाएको छ ।

केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा बहुमत भएकाले आयोगले सोमबार यादव पक्षलाई जसपाको आधिकारिकता दिएको हो ।

जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच आधिकारिता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई बोलाएर आयोगमै सनाखत गर्न लगाएको थियो ।

कूल ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन् भने ठाकुरको पक्षमा १६ जना मात्रै सदस्यले हस्ताक्षर गरेका हुन् । त्यस्तै आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न मिल्ने गरी फैसला गरेको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab