फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण १०, आईतवार १८:०४

काठमाडौं । राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–६ बस्ने सोम प्रसाद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो इडिट गरी ट्रोल भिडियो बनाई सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरी चरित्र हत्या गरेको अनुसन्धानबाट खुल्न आएपछि निजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि जिल्ला अदालत काठमाडौंबाट शुक्रबार ७ दिन म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।