श्रोत नखुलेको नगद ४० लाखसहित पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण ९, शनिबार १७:४४
सांकेतिक तस्बिर

झापा । झापा गाउँपालिका–२ बेलाईतीबारीबाट श्रोत नखुलेको नगद ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४६ वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले शनिबार पक्रउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागि जाँच गर्दा उक्त नगद रकम बरामद भएपछि निजलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।