‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदलाई सलाम गर्न चाहान्छु’
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको अर्को षड्यन्त्र असफल पारेको बताएका छन् ।
ओलीले फेरी संसद विघटन गराउने षड्यन्त्र रचेको भएपनि आफुहरुले त्यसलाई असफल पारेको नेता नेपालले बताए ।
गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्न नदिने र संसद विघटन गराउने ओलीको रणनीति असफल भएको नेता नेपालको भनाई छ ।
‘प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने अनि संसद विघटन गर्नुपर्ने बाध्यात्मक अवस्थाबारे टिप्पणी गर्दै उहाँले मेरो कदम नै ठिक थियो भन्ने स्थापित गर्न खोज्नुभएको थियो । ’ उनले भने ।
आफुहरुले ओलीको षड्यन्त्र असफल पारी संविधानको रक्षा गर्दै संसदलाई जोगाएको बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफुसंगै जोडिएका एमालेका २२ सांसद र समर्थन गर्ने झलनाथ खनाल, तथा विपक्षामा भोट नहाल्ने ११ जना सांसदलाई धन्यवाद दिए ।
उनले भने ‘संविधान र संसदको लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदलाई म सलाम गर्न चाहान्छु ।’
