१४ लाख जरीवाना तोकिएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ्ग कसुर मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा १४ लाख जरीवाना र ३ दिन कैद सजाय तोकिएकी फरार अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँको पुरानो बानेश्वर घर भएकी ४४ वर्षीया पवित्रा श्रेष्ठ रहेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले सोमबार पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले २०७७ चैत १ मा जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो ।
