थप ३१०८ जनामा संक्रमण पुष्टि, २५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १ सय ३५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८ सय ३६ जना पीसीआर परीक्षण गर्दा २ हजार २ सय २ जनामा र ४ हजार २ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ६ जनामा संक्रमण पुष्टि भएको हो।
हालसम्म पीसीआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २१ हजार २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । तीमध्ये ६ लाख ३४ हजार ९ सय २७ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ६ सय ७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
देशभर २६ हजार ४ सय १९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २३ हजार ८ सय ३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५ सय ८५ संस्थागत आइसोलेसनमा रहेका छन।
