सर्तसहित कक्षा १२ को परिक्षा साउनभित्रै हुने

तु खबर संवाददाता
२०७८ श्रावण ५, मंगलवार १२:४८

काठमाडौं । कक्षा १२ को वार्षिक परिक्षा संचालनको लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले राष्ट्रिय परिक्षा बोर्डलाई अनुमति दिएको छ ।

सिसिएमसीले परिक्षा संचालनको लागि विभिन्न सर्त राखेर बोर्डलाई अनुमति दिएको हो ।

बोर्डले गत असार तेस्रो साता शिक्षा विज्ञान प्रविधि मन्त्रालयसंग परिक्षा संचालनको लागि अनुमति माग गर्दै आएको थियो ।

बोर्डले मागेको अनुमति अनुसार मन्त्रालयले उक्त प्रस्ताव सिसिएमसीमा पेश गरेको थियो ।

सिसिएमसीले परिक्षा संचालनको लागि परीक्षा केन्द्रमा परीक्षार्थीलाई जेड आकारमा कम्तिमा दुई मिटरको दूरी बनाएर राख्नु पर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्नेलगायतका सर्तहरु लागू गरेको छ ।

अनुमति पाएसंगै बोर्डले साउन महिनाभित्रै परिक्षा संचालन गरिने जनाएको छ ।

यसअघि गत जेठ महीना तय भएको कक्षा १२ को वार्षीक परीक्षा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न परिस्थितिले स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*