थप २४४५ जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ४, सोमबार १७:३२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६ सय ६४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ८ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ४२ जना र ३ हजार ८ सय ३१ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ३ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पीसीआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख १८ हजार ४ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख ३३ हजार ३ सय ३२ जना संक्रमणमुक्त भएका छन् । आज देशभर एक हजार २ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ५८२ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २५ हजार ८३७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २२ हजार ३३४ जना संक्रमित होम आइसोलेसन र २ हजार ५०३ संस्थागत आइसोलेसनमा रहेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*