एमालेको १० औं केन्द्रीय समिति बैठक सुरु

तु खबर संवाददाता
२०७८ श्रावण ४, सोमबार १३:४७

मकवानपुर । नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठक सुरु भएको छ ।

ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा जारी बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतामाथिको कारवाही लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने सहभागी भएका छैनन् ।

प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरित केही सांसदले मतदान गरेका थिए भने केही सांसद मतदानमै सहभागी भएनन् । सर्वोच्च अदालतको निर्णय अनुसार उनीहरुलाई संसदीय कारवाही गर्न नमिल्ने भएपनि पार्टीले अनुशासनको कारवाही गर्न सक्ने ओली पक्षका नेताहरुले बताउदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*