आगलागीमा परी ४ वर्षीया बालिकाको मृत्यु
ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा आगलागीमा हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ ।
आईतबार दिउँसो मानेभन्ज्याङ गाउँपालिका ६ का स्थानीय भक्तिशरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी ४ वर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको हो ।
बालिकासँगै गोठभित्र रहेको दुई वटा गाई र चार वटा खसी बाख्रा समेत जेलेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
प्रहरीका अनुसार, बालिकाले गाईगोठभित्र लाईटर खेलाउँदा गोठमा आगलागी भएको हो ।
उक्त घटनाको विषयमा आवश्यक अनुसन्धानका लागि मानेभन्ज्याङ प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएको प्रहरीले जनाएको छ ।
