प्रधानमन्त्री देउवालाई माधव नेपाल पक्षले विश्वासको मत दिने
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री शेर बहादु्र देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभा पूर्णकाल संचालन गर्नुपर्ने पक्षमा उभिएको माधव नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने स्पष्ट पारेको हो ।
देउवाले विश्वासको मत नपाए पुन संसद विघटन हुने भएकोले आफुहरु संसद् पूर्णकालि रुपमा चल्नुपर्छ भन्ने पक्षमा भएको माधव नेपाल समूहका सांसद् विरोध खतिवडाले बताए ।
यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने तर, कसैले दिए उनीहरू एमाले नरहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए ।
