दाङबाट खैरो हेरोइनसहित २ जना पक्राउ
दाङ । दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ निवासी ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर निवासी ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुलाई गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको हो ।
उनीहरुलाई अमिलियाबाट पक्राउ गरेको थियो ।
