लागूऔषधसहित दुई जना पक्राउ
पर्सा । पर्सा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रेको साँगा नगरपालिका–१३ बस्ने ४४ वर्षिय कृष्ण खड्का र बनेपा नगरपालिका–१० बस्ने २७ वर्षिय सविन हुमागाई रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, पर्सा तथा लागुऔषध ब्यूरोबाट खटिएको संयुक्त टोलीले बिहिबार साँझ वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट १५० एम्पुल नुर्फिन, १४८ एम्पुल डाइजेपाम र १५० एम्पुल फेनार्गन तथा २० पत्ता नाईट्राभेट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
