थप २७६७ जना कोरोना पुष्टि, ३३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार ३१, बिहीबार १८:११

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ७ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २ सय ५६ जना पीसीआर परीक्षण गर्दा एक हजार ७ सय ८२ र ४ हजार ५ सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पीसीआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख ९ हजार ३ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ लाख २५ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् । आज देशभर एक हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ९ हजार ४ सय ६३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, हाल देशभर २६ हजार ३ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये २४ हजार २५ जना संक्रमित होम आइसोलेसन र २ हजार ६१४ संस्थागत आइसोलेसनमा रहेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*