थप २९०५ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार ३०, बुधबार १७:१९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १ सय ८ जना पीसीआर परीक्षण गर्दा २ हजार १० र ४ हजार ९ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर हालसम्म पीसीआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख ६ हजार ७ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये हाल ६ लाख २४ हजार ७११ जना संक्रमित निको भइसकेका छन्। आज देशभर १ हजार ६ सय ६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ४३० जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, हाल देशभर २६ हजार ६ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये २४ हजार ९९ जना संक्रमित होम आइसोलेसन र २ हजार ५४८ संस्थागत आइसोलेसनमा रहेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*