देउवाद्वारा प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार

तु खबर संवाददाता
२०७८ असार २९, मंगलवार १९:०१
file-photo

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ लिन अस्वीकार गरेका हुन् ।

उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छन् ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति :

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*