मकवानपुरका घलानसहित दुई जना ललितपुरबाट पक्राउ

तु खबर संवाददाता
२०७८ असार २९, मंगलवार १७:३७
सांकेतिक तस्बिर

मकवानपुर । संरक्षित वन्यजन्तु कस्तुरीको विणासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले सोमबार दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ बस्ने ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगंज गाउँपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षीय उदयकुमार कोइराला रहेका छन् ।

प्रहरीले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैबमा कस्तुरीको विणाको बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले २५ ग्रामको एउटा कस्तुरीको विणासहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय, गोदावरीमा बुझाइएको छ ।

उनीहरूमाथि प्रहरीले राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ विरूद्धको अपराधअन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*