ओलीले भोली बालुवाटार छोड्ने
मकवानपुर । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मात्रै बालुवाटार छोड्ने भएका छन् ।
आजै भक्तपुरस्थित निवासमा जाने भनिएपनि आज छलफलमा ब्यस्त हुनुपरेका कारण भोली सर्ने भएको ओली निकट नेताहरुले बताएका छन् ।
सिंहदरबारबाट विदाई सम्बोधन गरेर बालुवाटार पुगेका उनी अहिले एमालेका नेताहरुसँग छलफलमा रहेका छन् ।
