थप २३९८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ९८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ५८ जनाको पीसीआर र ३ हजार ९५४ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २ हजार ७८ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख २३ हजार १०५ पुगेको मन्त्रालयल जनाएको छ।
यसैगरी मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ ।
