प्रधानमन्त्री जनताको जनादेशबाट बन्ने हो, सर्वोच्चको परमादेशबाट होइन-ओली
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सरकारबाट बाहिरिँदै गर्दा सर्वोच्च अदालतमाथि सबै दोष थुपारिदिएका छन् ।
उनले आफुलाई जनताको जनादेश भएपनि सर्वोच्चले निश्चित व्यक्तिको निश्चित महत्वकांक्षा पुरा गर्न परमादेश जारी गरेको आरोप लगाए ।
आफुले सदनबाट मुलुकलाई किनार लगाउन कठिन भएपनि ताजा जनादेशमा जान खोज्दा अदालतले जनताको जनादेशको उपेक्षा गर्दै परमादेश जारी गर्दै सरकारको नेतृत्वबाट हटाएको उनको तर्फ छ ।
उनले आफुलाई जनताको माया भएकोले सरकारबाट बाहिरिँदै गर्दा चिन्ता नभएको बताए ।
