सर्वोच्च अदालतको फैसलालाई जित–हारको रुपमा नलिन कांग्रेसको आग्रह

तु खबर संवाददाता
२०७८ असार २८, सोमबार १८:३५

काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई जित हारको रुपमा नलिन आग्रह गरेको छ ।

पार्टीका सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलालाई जित हारको रुपमा नलिन आग्रह गरेका हुन् ।

उनले सर्वोच्चको फैसलालाई कसैले पनि व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्नेमा जोड दिए ।

उक्त विज्ञप्तिमा देश र जनतको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको उल्लेख छ ।

सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको भन्दै देउवाले यसले स्वतन्त्र न्यापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*