कमल थापाको टिप्पणी : “सर्वोच्चमा आज गोरु व्यायो”
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष थापाले सोमबार सर्वोच्च अदालतको फैसलालाई ‘गोरु ब्याएको’ रुपमा टिप्पणी गर्दै अब देश अस्थिरतामा बस्ने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएँ–“सर्वोच्च अदालतमा आज गोरु व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’
सर्वोच्च अदालतले आजै प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

