सर्वोच्चको फैसलाले बागमती प्रदेशमा तरङ्ग पैदा हुन्छ – नेता बानियाँ

तु खबर संवाददाता
२०७८ असार २८, सोमबार १४:१७
file-photo

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् ।

सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेर संविधान र लोकतन्त्रको रक्षा गर्दै नेपाली जनतामा स्वतन्त्र न्यायपालिकाको अनुभूति गराएको बताए ।

‘सम्मानित अदालत र सम्माननीय न्यायमूर्तिले कसैको सनकका भरमा संविधान मिच्न पाइँदैन भन्ने कुरालाई पुष्टि गरिदिनुभएको छ । यसले नेपाली जनताको न्यायपालिकाप्रतिको सम्मान अझै उँचो भएको छ ।’ बानियाँले भने ।

उनले सर्वोच्चको फैसलासंगै बागमती प्रदेशमा पनि राजनीतिक रुपमा तरङ्ग पैदा हुने बताएका छन् ।
सर्वोच्च अदालतले सोमबार संसद विघटन गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*