हेटौंडा अस्पतालमा कोरोनाबाट हालसम्म १०३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ असार २७, आईतवार १८:५३

मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत एक जनाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१४ की ६० बर्षीया महिला रहेकी छिन् ।

हालसम्म कोरोना संक्रमणका कारण अस्पतालमा १ सय ३ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले बताए ।
मृत्यु हुनेमा ३७ जना महिला र ६६ जना पुरुष रहेको उनले बताए ।

त्यस्तै हेटौंडा अस्पतालको कोभिड उपचार कक्षबाट हालसम्म ३ सय ४६ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।कोरोना संक्रमणको दोस्रो लहर सुरु भए देखि नै हेटौंडा अस्पताललाई कोरोना अस्पतालको रुपमा प्रयोग गरी उपचार सेवा प्रदान गर्ने क्रममा १ सय ६४ जना महिला र १ सय ८२ जना पुरुष कोरोना संक्रमण निको भएर घर फर्किएका डा. काफ्लेले बताए ।

त्यस्तै हेटौंडा अस्पतालबाट २५ जना कोरोना संक्रमितहरुलाई अन्यत्र रिफर गरिएको उनको भनाई छ । आजै मात्र ३ जना महिला र ४ जना पुरुष गरी ७ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका हुन् ।

हाल अस्पतालको कोभिड–१९ उपचार कक्षमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*