एमाले कार्यदलको बैठक जारी

तु खबर संवाददाता
२०७८ असार २५, शुक्रबार १६:३०

मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरू भएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक शुरू भएको हो ।

नेताहरू आन्तरिक छलफलमा व्यस्त भएकाले बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही घण्टा ढिला शुरू भएको हो ।

आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तयार गरेको सहमतिको मस्यौदा प्रस्तुत गरिने बताइएको छ ।

पछिल्ला केही दिन यताको लगातारको बैठकमा छलफल सकारात्मक भनिए पनि ठोस निष्कर्ष निस्किन सकेको छैन । कार्यदल सदस्यहरु विगत चार दिनदेखि निरन्तर छलफलमा जुटिरहेका छन् ।

अन्तिम निष्कर्ष निकाल्ने भन्दै सिंहदरबारमा बिहीबार ९हिजो० कार्यदलको बैठक दुईपटक बसे पनि निष्कर्षविहीन बन्यो । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलकै सदस्यहरूले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*