गाँजासहित पक्राउ परे हेटौँडाका थापा

तु खबर संवाददाता
२०७८ असार २५, शुक्रबार १०:२५

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ बस्ने २२ वर्षीय निश्चल थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, थापालाई विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी तथा मातहत इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरका प्रहरी निरीक्षकको संयुक्त टोलीले बिहिबार पक्राउ गरेको हो ।

प्रहरीले थापाको साथबाट २ किलो ५७० ग्राम लागूऔषध गाँजा बरामद गरेको जनाएको छ ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*