भरुवा बन्दुकसहित एक युवक पक्राउ

तु खबर संवाददाता
२०७८ असार २४, बिहीबार १६:२२

दाङ । दाङमा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको दङ्गीशरण गाउँपालिका–२ का २४ वर्षीय मेघराज पुन मगर रहेका छन् ।

स्थानीय तिलकन्या सामुदायिक वनमा शिकार खेल्ने गइरहेका बेला मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, शिकार खेल्न पुगको गोप्य सूचनाका आधारमा तुल्सीपुर इलाका प्रहरी कार्यालय र गोल्टाकुटी प्रहरी चौकीको संयुक्त टोलीले पुन मगरलाई भरुवा बन्दुकसहित पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*