बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नुपर्ने

तु खबर संवाददाता
२०७८ असार २३, बुधबार १७:३५
file-photo

काठमाडौं । जीवन बीमा पोलिसीको समर्पणमूल्य प्राप्त हुन ३ वर्ष पुग्नुपर्ने भएको छ ।

बीमा समितिले आज जीवन बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै जीवन बीमा पोलिसीको समर्पण मूल्य गणना गर्ने समय बढाएको जानकारी गारए ।

यसअघि दुई वर्षमा बीमाको समर्पण मूल्यमा पाउनेमा अब एक वर्ष थप गरी तीन वर्ष पुर्याइएको हो ।

बीमा समितिका अनुसार, जीवन बीमा क्षेत्रमा बढ्दो दुरुपयोग रोक्ने उद्देश्यले नयाँ जीवन बीमा निर्देशिका जारी गर्दै समर्पण मूल्य पाउने समय एक वर्ष बृद्धि गरिएको हो ।

आज जारी नयाँ निर्देशिका अनुसार जीवन बीमा गरेपछि तीन वर्षको सबै किस्ता भुक्तानी भई अवधी समेत तीन वर्ष पुरा भएपछि मात्रै बीमा पोलिसीको समर्पण मूल्य पाइने छ । नयाँ व्यवस्थासँगै तीन वर्षको बीमा शुल्क भुक्तानी नगरी बीमा पोलिसी समर्पण गर्न पाइने छैन भने ऋण लिनको लागि समेत तीन वर्ष कुर्नुपर्ने भएको छ ।

नयाँ व्यवस्था अनुसार तीन वर्षको बीमा शुल्क भुक्तानी गरिसकेपछि कूल बीमा शुल्कको ८० प्रतिशत र सो मा आर्जिक बोनस मात्रै समर्पण मूल्य पाइनेछ । नयाँ व्यवस्थाले बीमितलाई ऋण लिन र बीमा पोलिसी रद्द गर्न चाहेमा थप समय कुर्नुपर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*