पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७८ असार २२, मंगलवार १७:४०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५०३ जना पिअिसार परीक्षण गर्दा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज देशभर एक हजार ५६५ जना संक्रमणमुक्र भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार २६३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*