सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु
काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
उक्त बैठकमा पार्टी विवादका विषयमा छलफल हुने बताइएको छ ।
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो । यहीँ बीचमा नेताहरूमाथि कारवाही प्रकृया सुरु भएपछि कार्यदल निश्कृय भएको थियो ।
तर गत आइतबार अध्यक्ष ओली र नेता भीम रावल बीचको भेटवार्तापछि कार्यदल ब्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने विषयमा छलफल भएपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो ।
