इंग्ल्याण्ड लकडाउन मुक्त हुँदै

तु खबर संवाददाता
२०७८ असार २२, मंगलवार ०८:५५
filr-photo

लन्डन । लामो समयदेखि लकडाउनको पीडा भोगिरहेका इंग्ल्याण्डवासीहरु लकडाउन मुक्त हुने भएका छन् ।

गत महिना नै लकडाउन अन्त गर्ने सरकारी रोडम्याप तय भएपनि ‘डेल्टा भेरियन्ट’ को संक्रमण तीव्र रुपमा बढेपछि थप चार हप्ताको लागि पछि धकेलिएको थियो । तर, संक्रमण दर निरन्तर बढ्दै गएपछि लकडाउन पुनः लम्बिन सक्ने अनुमान धेरैले गर्दै आएका थिए ।

तर,बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार अपरान्ह प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा १९ जुलाईदेखि इंग्ल्याण्डमा लागू कोभिड सम्बन्धि बाँकी प्रतिवन्ध हटाइने जानकारी दिएसँगै इंग्ल्याण्डमा जारी लकडाउनको अन्त हुने पक्का भएको हो ।

तर, विपक्षी लेबर पार्टीका नेता सर कियर स्टामरले भने सबै प्रतिबन्धहरु एकैचोटी हटाउने सरकारको निर्णयको विरोध गरेका छन् ।

हाल जारी प्रतिबन्धहरु अनिवार्य मास्क लगाउनुपर्ने, एक मिटर प्लस दुरी राख्नुपर्ने र रेष्टुरेन्टमा क्यू आर कोड साइन गर्नुपर्ने जस्ता नियमहरु हटाइने जोन्सनले बताए ।

यद्यपि, यसबारेमा आउँदो साता १२ जुलाईको दिन पछिल्लो तथ्यांकको आधारमा समिक्षा गरिने बताइएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २७ हजार ३३४ नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्या एक सातामा २१ प्रतिशतले वृद्धि भएको हो ।

तर, मृतक संख्यामा भने खासै वृद्धि भएको छैन पछिल्लो २४ घन्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोनाका कारण एक लाख २८ हजार २३१ जनाको मृत्यु भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*