संसद विघटनको मुद्दामा बहस सकियो
मकवानपुर । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धाको बहस सकिएको छ ।
अब संवैधानिक इजलास असार २८ गते बस्ने जनाइएको छ ।
सोमबारसम्म रिट निवेदक र विपक्षीको बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोकेका हुन् ।
