हेटौँडाबाट लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ असार २१, सोमबार १५:३५

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवनको कालिका नगरपालिका वडा नम्वर १ जुटपानी बस्ने अन्दाजी २३ वर्षीय रविन बिक र सोही नगरपालिका वडा नम्वर ७ बस्ने २२ वर्षीय अर्जुन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको चेकिङ् हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौताराबाट लागूऔषध नाइट्रोभेट १ जार ४ सय ९६ पिससहित पक्राउ गरेको मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार, शनिबार बाराबाट हेटौँडातर्फ आउँदै गरेको बा ९५ प ७९३२ नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मो.सा चालक बिकले बोकेको झोलामा लुकाईछिपाई ल्याएको उक्त परिणामको लागूऔषध फेला परेपछि सोही मोटरसाइकलमा सवार श्रेष्ठलाई समेत गरी दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*