राप्रपाको महाधिवेशन कात्तिकमा हुने
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ ।
महाधिवेशन आगामी कात्तिम २७ गतेदेखि ३० गतेसम्म तीन दिन हुने भएको हो ।
राप्रका अध्यक्ष कमल थापाले शनिबार सामाजिक संजाल ट्वीटमार्फत सो कुराको जानकारी दिएका हुन् ।
अध्यक्ष थापाले भनेको छन् , हिन्दुराष्ट्र,राजसंस्था सहितको प्रजातन्त्र र सुशासनको धरातलमा सबल र समृद्ध नेपाल निर्माणको लागि “अब अघि बढछ राप्रपा” भन्ने नारा सहित राप्रपाको महाधिवेशन २०७८ कार्तिक २७ र ३०गते काठमाडौंमा हुने भएको छ ।
कार्तिक र मंसिरमा संसदको चुनाव हुने भएमा महाधिवेशनको मिति बारे पुनर्विचार गरिने छ।
