अनाधिकृत पुस्तक थप गरी सांसदलाई वितरण गरियो : नेता पौड्याल
मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता एवम् बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकारको कुनै मन्त्रीको एकल निर्णयको भरमा विनियोजन विधेयकसंगै कुनै अनाधिकृत पुस्तक थप गरी सांसद्हरुलाई वितरण गरेको बताएका छन् ।
शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयकमाथिको छलफललाई अवरोध गर्दै नेता पौड्यालले सो कुरा बताएका हुन् ।
नेता पौड्यालले संसद्मा विधेयक दर्ता हुन आउँदा मन्त्रि परिषद्को बैठकको निर्णयपछि ५ दिनको समयसिमा राखेर संसद् सचिवालयका दर्ता हुनुपर्ने हुन्छ तर, उक्त अनाधिकृत पुस्तक मन्त्रिपरिषद् बैठकमा निर्णय नै नभई विधेयकसंगै सिधै सांसद्को हतहातमा पुग्नु संसद्को अवहेलना भएको बताए ।
उनले विधेयक दर्ता गर्दा सभामुख र संसद् सचिवालयको कर्माचारीको समितिले आवश्यक कागज पत्र पुगे नपुगेको हेरेर मात्र दर्ता हुने र संसद् बैठकमा पेश हुनुपर्दछ तर उक्त पुस्तक विनियोजन विधेयक संगै सांसद्को हातमा कसरी पुग्यो भनने बारेमा मुख्यमन्त्रीले जवाफ दिनु पर्ने माग गरे ।
संसदका अवहेलना गर्दा संविधानको धारा १८७ को (८) र संसद् नियमावलीको दफा १७० आकर्षित हुने भएकाले यो अनाधिकृत काम कसले ग¥यो यसको जवाफ मुख्यमन्त्रीले दिनुपर्ने उनको भनाई छ ।
