एमाले मकवानपुरका सात नेता कांग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७८ असार १९, शनिबार १०:२७

मकवानपुर । एमाले मकवानपुरका सात जना नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

एमाले मकवानपुरमा जिल्ला निर्वाचन समितिका सचिव खेमराज सापकोटासहित ७ जना नेता नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा एमाले जिल्ला सदस्य कृष्णप्रसाद ढुंगाना, रामजी घिमिरे, गाउँ कमिटी सदस्य देवराज सापकोटा, युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, र एमाले संगठित सदस्य तिर्थराज हुमागाई रहेका छन् ।

उनीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापती इन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

उक्त कार्यक्रममा नगरसभापति आनन्दराम पराजुली, हेटौंडा उपमहानगरपालिका वडा ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, नेताहरू उत्सव इटेनी, विष्णु खनाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*