बेलायतमा एक सातामा झन्डै २३ हजार संक्रमित थपिए

एजेन्सी
२०७८ असार १५, मंगलवार १५:४७
filr-photo

लन्डन। बेलायतमा एक सातामा झण्डै २३ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर झन्डै ७० प्रतिशतले बढेको हो ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २२ हजार ८६८ नयाँ संक्रमित थपिएका हुन् ।

यो संख्या गत जनवरी ३० तारिख पछिको सबैभन्दा बढी हो । एक साताभित्र ६९ दशमलव ९ प्रतिशत वृद्धि भएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४७ लाख ५५ हजार ७८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मात्र मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या एक लाख २८ हजार १०३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*