नेकपा एमालेः दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी
काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ ।
नेकपा एमालेको आइतबार बालुवाटामा बसेको स्थायी कमिटी बैठकले गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको हो ।
स्थायी कमिटी सदस्य किरण गुरुङका अनुसार, उक्त महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति आगामी असार १६ गते बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
सोही बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको छ ।
अध्यक्ष ओलीले गत जेठ २३ गते ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । तर उक्त ६ बुँदेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहमत छैन ।
