अमेरिकामा १२ तले भवन भत्किँदा एकको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी
२०७८ असार ११, शुक्रबार ०९:०९

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यको मयामी सहर नजिक पर्ने एक १२ तले भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति बेपत्ता भएका छन् ।

मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सो भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० वटा फ्ल्याट थिए । तीमध्ये आधाजसो भत्किएको बीबीसीले जनाएको छ ।

भवन भत्किने बेला त्यहाँ कति जना थिए भन्ने पनि खुलेको छैन ।

फ्लोरिडा राज्यका गभर्नर रन डिसेन्टिसले क्षति धेरै भएको अनुमान गर्दै भनेका छन्, ‘जुन प्रकारले ध्वस्त भएको छ, त्यसलाई हेर्दा हामी नराम्रो समाचार सुन्नका लागि पूर्णरुपमा तयार रहनुपर्छ ।’

सो घटनापछि धेरै ल्याटिन अमेरिकी प्रवासीहरु सम्पर्कमा नरहेको सूचना वाणिज्य दूतावासले दिएको छ । सम्पर्कविहीन हुनेमा पाराग्वेकी प्रथम महिलाका नातेदार पनि रहेको पाराग्वेका अधिकारीहरुले दिएका छन् ।

३५ जनालाई घटनास्थलबाट उद्धार गरिएको र केहीलाई उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरुले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*