ब्राजिलमा एकैदिन २५ लाख ६१ हजार जनाले लगाए कोरोना खोप
काठमाडौं । ब्राजिलमा एकै दिनमा २५ लाखभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको बताइएको छ । समाचारअनुसार शुक्रबार मात्र २५ लाख ६१ हजार ५५३ जनालाई खोप लगाइएको हो ।
सो देशमा केही महिनायतादेखि नै कोरोनाका विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ । तर एकै दिनमा यो नै सबैभन्दा बढी खोप लगाइएको बताइएको छ ।
ब्राजिलमा अहिलेसम्म ८ करोड ४० लाख मानिसले पहिलो खोप लगाएका छन् भने ६ करोड भन्दा बढीले दोस्रो मात्रा खोप पनि लगाएका छन् । ब्राजिलले यही वर्षको जनवरीदेखि नागरिकलाई कोरोना विरुद्धको खोप दिन थालेको हो ।
ब्राजिलमा कोरोना भाइरसले असर गर्ने विश्वकै सबैभन्दा बढी प्रभावित गर्ने देशहरुको सुचीमा दोस्रो स्थानमा पर्दछ । अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान गएको छ ।
